सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं । बुधबार सुनकाे  मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख १२ हजार ४ सय रूपैयाँमा कारोबार भएको छ ।

मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी १ हजार ४ सय ६० रूपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।