आईएफसी उपाध्यक्ष सुसानले गरे उपाय फुलफिलमेन्ट सेन्टरकाे भ्रमण

काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय निगम (International Finance corporation-IFC) (निजी विकास तथा सुशासन)का उपाध्यक्ष सुसान लन्डले हालै उपायको काठमाडौंस्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमण गरी नेपालको लजिस्टिक परिदृश्यबारे बुझ्नेका थिए ।

नेपालको तीन दिने भ्रमणमा रहेका उपाध्यक्ष सुसानलाई उपायका सहसंस्थापक तथा प्रवन्ध निर्देशक सुमन रायमाझी तथा बोर्ड सदस्य रंजीव श्रेष्ठले उपाय फुलफिलमेन्ट सेन्टरमा स्वागत गरेका थिए ।

उपाय फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमणको क्रममा उपाध्यक्ष सुसानलाई नेपालको लजिस्टिकको समग्र इतिहास तथा उपायको नेपाली लजिस्टिक क्षेत्रको रुपान्तरणका लागि भावी कार्यक्रमबारे प्रबन्धनिर्देशक रायमाझीले प्रकाश पारेका थिए । साथै उनलाई उपायको 3PL(Third Party Logistics) सेवा तथा सुविधाको बारेमा संक्षिप्त जानकारी प्रदान गरिएको थियो।

उक्त भम्रणमा डोल्मा ईम्प्याक्ट फण्डका प्रतिनिधि र आई एफ सीका अन्य पधाधिकारीको पनि उपस्थिति रहेको थियो ।

उपाय, नेपालको लजिस्टिक क्षेत्रमा प्रविधि मार्फत गुणस्तरिय सेवा प्रदायक कम्पनि हो । सन् २०१८ मा स्थापित यसकम्पनिको छोटो समय नेपाली लजिस्टिकमा उल्लेखनीय भुमिका खेल्न सफल भएको  ।

हाल उपायले विभीन्न व्यवसायमा संग्लग्न व्यक्ति /संस्थालाई आफ्नो चार ओटा भटिकल मार्फत सेवा पर्दान गर्दै आएको छ । पेप्सीकोलामा अवस्थित उपाय फुलफिलमेन्ट सेन्टर (उपाय स्पेस) दश हजार वर्ग फिटमा फैलीएको गोदाम हो, जस्ले नेपाल भर १५०+ स्थानहरुमा अर्डर लिने र सामान वितरणलाई आधुनिक 3PL (Third Party Logistics) सुविधा मार्फत सेवा प्रधान गर्दै आएको छ ।