काठमाडाैं । नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी गुरु ट्राभल्स लिमिटेडले संस्थाको प्रधान कार्यालयमा आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले विशेष अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटन गन्तव्यका प्याकेजहरुमा विशेष छुट, अन्य सेवाहरुमा विभिन्न छुट तथा स्किम सुविधाहरुको व्यवस्था गरिएको छ ।
संस्थाले आफ्नाे वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परिभ्रमण कार्यक्रमको घोषणा गरेको छ । जसन्तर्गत ज्येष्ठ नागरिकहरुलाई स्थानीय धार्मिक क्षेत्र भ्रमणमा लगिने योजना रहेको बताइएको छ ।