फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई, सिङ्गल चार्जमा २८० किमिसम्म गुड्ने

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई गरेको छ ।

सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाइ गरेको हो । सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकमा १४०० टन भारवहन क्षमता रहेको कम्पनीले जनाएको छ ।

एसी, टच स्क्रिन, पावरविन्डो जस्ता प्रिमियम फिचरका कारण यस इलेक्ट्रिक पिकअप ट्रक एकदमनै लक्जरी रहेको छ जसका कारण धेरै ग्राहकहरुको रोजाई रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका सेल्स हेड नविन आचार्यका अनुसार यी इलेक्ट्रिक पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जनन् कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामामा कम लगानीमा बढी भन्दा बढी आम्दानी गर्न सक्ने छन् ।

यसअघि कम्पनीले २३५ किलोमिटर रेन्जको बिभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउदै आएको छ। पर्यावरण र ग्राहकको हितका लागि सधैव सक्रिय रहने कम्पनीको दावी छ ।