स्थापनाको १३ वर्षपछि महिलाको नेतृत्वमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ

काठमाडाैं । राेट्रयाक्ट क्लब अफ बागलुङकाे अध्यक्षमा सुस्मिता केसी चयन भएकी छन् । क्लबले तेह्राैँ अध्यक्षकाे रुपमा महिला नेतृत्व पाएकाे हाे । यसैगरी, क्लबकाे सचिवमा तारा केसी चयन भएकी छन् ।

शुक्रबार बागलुङकाे हाेटल पीस प्यालेसमा भएकाे कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष झोकेन्द्र मगरले २०२३/२४ का अध्यक्ष सुस्मिता केसीलाई पद हस्तान्तरण गरेका हुन् । मगरले केसीलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रोटरी वर्ष २०२२/२३ का रोट्रयाक्ट क्लव अफ बागलुङका पूर्व अध्यक्ष झोकेन्द्र मगरले केसीलाई र अध्यक्ष केसीले रोट्रयाक्टका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष केसीले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष झोकेन्द्र मगरले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।

उनले क्लबमा विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउनेलाई सम्मान गर्नुका साथै क्लबका पदाधिकारी र बेस्ट कोअर्डिनेटर, रोट्रयाक्ट अफ इयर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए ।

क्लबले विगत ६ वर्षदेखि ९ जना गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेकाे छ ।