काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।