काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आँशिक देखि सामान्य बदली रही आज कोशी गण्डकी र बागमती सहित अन्य प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको जनाउँदै विभागले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
राति देशभर आँशिक देखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण विभागले गरेको छ । साथै मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।