सोमबार सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।