प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मतरुपमा अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

उजुरीकर्तापछि आजै गरिएको सुनुवाइपछि समितिले सर्वसम्मतिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

समितिको सिफारिस पुगेसँगै अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशको शपथ खुवाइएपछि प्रधानन्यायाधीशका रूपमा श्रेष्ठले सर्वोच्च अदालतमा पद बहाली गर्नेछन् ।