काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई परेको पितृ शोक प्रति समवेदना प्रकट गरेका छन् ।
बुधबार विहान समाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले मन्त्री किरातीका बुवाको दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । दुखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’
प्रधानमन्त्री दाहालले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा पनि समवेदना प्रकट गरेका छन् ।
मन्त्री किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।