काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।
बिहीबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।