आर्थिक परिवर्तनका लागि उत्पादनमा क्रान्तिकारी परिवर्तन आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउनु पर्ने बताए ।

उनले भने, ‘हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीति महत्वपूर्ण छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रुपमा यो अभियानलाई सुरु गरिएको हो ।’

उनले प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र त्यस्ता ठाउँको अध्यनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिए ।