काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
मुद्दाको पेसीका कारण सन्दीप एसिया कपका लागि नेपाली टिम पाकिस्तान गए पनि उनी जान पाएका थिएनन् ।
आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ ।
आजै उनी पाकिस्तान जाने पनि बताइएको छ । ३० अगस्टमा पाकिस्तानको मुल्तानमा नेपालले पाकिस्तानसँग एसिया कपको उद्घाटन खेल खेल्दै छ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्ने छ ।
मुद्दाको फैसला आउने अपेक्षासहित अदालत परिसरमा भिडभाड भएको थियो । बहस स्थगनको सूचना आएपछि सन्दीपका समर्थक निराश भएर फर्किएका छन् ।