तेस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ ।

आइतबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।