८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा आठ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुन तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुन मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी,सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय ६५ रुपैयाँ थियो ।