एनडिसी टोलीले सम्पन्न गर्‍याे नेपाल भ्रमण

काठमाडाैं । भारतलगायत जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिधिमण्डलले भदाै १० देखि १४ गतेसम्म नेपालको भ्रमण गरेकाे छ ।

एयर भाइस मार्शल मनिषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकाे सो भ्रमण टोलीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, माननीय परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र माननीय गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्‍याे ।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवम् नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेकाे थियाे । साथै, पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग पनि उक्त भ्रमण टाेलीले गरेकाे थियाे ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरुबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरु मध्येको एक हो । भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागीता जनाएका थिए ।

हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् । सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले यस एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् ।