जसप्रित बुमराह बने छोराको बुवा

काठमाडौं । भारतीय क्रिकेटर जसप्रित बुमराह बुवा बनेका छन् । एसिया कप खेल्न श्रीलंका गएका बुमराह नेपालसँगको खेल नखेली सोमबार मुम्बई फर्केका थिए ।

भारतीय क्रिकेटका महत्वपूर्ण बलर बुमराह एकाएक भारत फर्केपछि उनका समर्थक निराश भएका थिए । उनी श्रीमती र छोरालाई भेट्न भारत पुगेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतीय क्रिकेटर जसप्रित बुमराह र उनकी श्रीमती सञ्जना गणेशन सोमबार एक छोराको आमाबुवा बनेका हुन् । पहिलो सन्तानको रुपमा जन्मिएका छोराका नाम अंगद राखिएको थियो। बुमराहले इन्स्टाग्राममा एक तस्बिर साझा गर्दै लेखेका छन् ‘हाम्रो सानो परिवार बढेको छ र हाम्रो हृदय हामीले सोचेको भन्दा भरिएको छ । आज बिहान हामीले हाम्रो छोरा अंगद संसारमा स्वागत गर्यौं’

जसप्रित बुमराह र सञ्जना गणेशनले मार्च २०२१ मा विवाह गरेका थिए।