बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार  भएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।