काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार र तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।