एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । पार्टी उपाध्यक्ष तथा संसदीय दलका उपनेताको अप्रत्याशित निधनपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न बोलाएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालय च्यासलमा बस्ने उनले जानकारी दिए ।

गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइँदै छ ।