सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।