सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ ।

बुधबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ४ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो ।