काठमाडाैं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
बुधबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो ।
बुधबार प्रतितोला २ सय रुपैयाँ, बिहीबार प्रतितोला ३ सय रुपैयाँ र शुक्रबार प्रतितोला ४ सय रुपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।
बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।