काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थ बनेका छन् ।
स्वास्थ्य समस्या देखिएपछि तीन दिनदेखि राजनीतिक भेटघाट बन्द गरेका देउवा घरमै आराम गरिरहेका छन् ।
उनलाई रुघाखोकी, ज्वरो र टन्सिलको समस्या देखिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार टन्सिलका कारण बोल्न गाह्रो भएकाले देउवाले राजनीतिक भेटघाट बन्द गरेको घरमै आराम गरिरहेका छन् ।