काठमाडौं । भारतमा जारी एकदिवशीय विश्वकप क्रिकेटको पाचाँै खेलमा भारतका अलराउण्डर रविन्द्र जडेजाले १ ओभरमा २ विकेट लिएका छन् । उनले आफ्नो छैठौ ओभर गर्दा भने ३ विकेट लिए । स्मिथ, मार्नुस र क्यारीको विकेट लिएका हुन् ।
उनले क्यारीलाई एल.बी.डब्ल्यू र मार्नुसलाई क्याच आउट बनाए । यससँगै भारतले ३० ओभरमा ५ विकेट लिएको छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाका कप्तान स्मिथ ७१ बलमा ५ चौका प्रहार गर्दै ४६ रन बनाएर आउट भए ।
ओपनरको रुपमा आएका मिचल म्याक्स शून्य रनमै आउट भए । वार्नरले ५२ बल खेलेर ४१ रन बनाएर आउट भए । अहिले म्याकसवेल र ग्रीन खेलिरहेका छन् । भारतका रविन्द्र जडेजा ३ र कुलदीप यादव र जसप्रीत बुमब्राहले १,१ विकेट लिएका छन् ।