काठमाडौं । इजरायलमा जारी द्वन्द्वमा नेपालीको अवस्था र उद्दारबारे आवश्यक निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् र सर्वदलिय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका र मन्त्रिपरिद् बैठक लगत्तै साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
उनले भने ‘प्रधानमन्त्रीबाट दिउसो चारबजे मन्त्रिपरिषद् र त्यस लगत्तै सर्वदलिय बैठक आह्वान भएको छ । ’
बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने अपेक्षा छ ।
इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक पनि परराष्ट्र मन्त्रालयमा बसिरहेको छ ।