तस्बिरमा हेर्नुहोस् इजरायलमा रहेका नेपालीहरूको उद्धार गरि नेपाल ल्याइएको दृश्य

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् ।

द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।

हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो ।

परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे ।

  

बिहिबार बिहान साढे २ बजे इजरायलका जहाज झण्डै २४ घण्टापछि नेपालीहरुको उद्दार गरी काठमाडौं फर्किएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो । वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रु मेम्बरले उद्धार उडान भरेका हुन् ।

हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१