काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।
बिहीबार प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।