काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई पत्रकारकाे पेशागत मर्यादाकाे अनर्गल टिप्पणी गर्ने छुट नभएकाे भन्दै जुम्लाका क्रियाशील पत्रकारहरुले ध्यानाकर्षण गराएका छन् ।
शसस्त्र प्रहरी बल नेपाल नं ३३ बाहिनीकाे हेडक्वार्टर त्रिपुरा जुम्लाकाे शुभकामना आदान-प्रदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुगेका शाहीले पत्रकारकाे पेशागत मर्यादाबारे टिप्पणी गरेका थिए ।
उनले जुम्लाका पत्रकारहरुले पार्टी पत्रकारिता गरेकाे आराेप लगाएका थिए । उक्त आराेप पुष्टी गर्न शाहीलाई पत्रकारहरुले चुनाैती पनि दिएका छन् । साथै, शाहीलाई आफ्ना भनाइ फिर्ता लिन आग्रह पनि गरेका छन् । अन्यथा शाहीकाे कार्यक्रमकाे रिपाेर्टिङ बहिष्कार गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।