काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।