काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले सस्तिएको छ । आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावालको सुनको मूल्य प्रतितोला १ लाख १७ हजार थियो ।
त्यस्तै, सोमबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० तोकिएको छ ।
आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रूपैयाँ तोकिएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रूपैयाँ छ । आइतबारको तुलनामा चाँदी ५ रूपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।