काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर प्रतिष्ठान शाखा निलम्बन गरेको छ । महासंघको केन्द्रीय समितिले शुक्रबार कान्तिपुर प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको हो ।
कान्तिपुरमा भइरहेको पत्रकारको आन्दोलनमा प्रतिष्ठान शाखा र केन्द्रबीच विवाद बढेको थियो । कान्तिपुर शाखा श्रमजीवीको पक्षमा नदेखिएको र केन्द्रीय समितिलाई नटेरेको आरोपमा कान्तिपुर प्रतिष्ठान शाखालाई निलम्बन गरिएको हो । महासंघले कान्तिपुरमा आन्दोलन गर्ने घोषणासमेत गरेको छ ।