उर्जा उद्यमीको अन्तर्राष्ट्रिय संस्थाको उपाध्यक्षमा नेपालका पोखरेल निर्वाचित

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा क्रियाशील उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा चुनिएका छन् । उनी एसोसिएसनको सन् २०२३–२५ को लागि उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’ का क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो ।

कुशल नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा निरन्तरको क्रियाशीलताले पोखरेललाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको छ । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्नेछन् ।