सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ ।

सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।