सुनको भाउ घट्दा बढ्यो चाँदी,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।