तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सोमबार र मंगलबार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यस्तै, बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।
मंगलबार सुन प्रतितोला १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार प्रतितोला १ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनमा प्रतितोला २० रूपैयाँ बढेको हो ।