
काठमाडौं । रास्वपाले डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ ।
आज सम्पन्न भएको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले उक्त निर्णय गरेको हो ।
जलेश्वरमा तीन दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय पुर्याएको छ । वैठकले सांसद समेत रहेकी नेतृ सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ ।
यस्तै, कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।
पार्टीमा सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यस्तै पाँच केन्द्रीय सदस्य थप भएका छन् । थपिएकाहरुमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् ।