काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।
बिहीबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।