काठमाडौं । हप्ताको पहिलो दिन आज सुनको भाउ ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।
आज सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रवार प्रतितोला १ लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आइतबार तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।