काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामै २ हजार ४ सय रुपैयाँले घटेको छ ।
दिनहुँ मूल्य बढेर नयाँ रेकर्ड बनाएको सुन आज २४ सयले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २४ सय रुपैयाँले सुन सस्तिएको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि २३ सय ५० रुपैयाँ घटेर आएको छ ।
सोमबार १ लाख २१ हजार कायम भएको तेजावी सुन आज प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी,आज चाँदीको मूल्य आज प्रतितोला १ हजार ५ सय रहेको छ ।