५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । कारोबारको दाेस्रो दिन आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, आज तेजाबी सुन  प्रतितोला १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रूपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।