काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको सुनको भाउ बिहीबार बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैपटक दुई हजार आठ सय रूपैयाँ बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।