काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।