टेकनाथ रिजालले बुझाए १५ लाख धरौटी, भोलि थुनामुक्त हुन सक्ने

काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले १५ लाख धरौटी बुझाएका छन् ।

जिल्ला अदालतले तोकेको १५ लाख धरौटी रकम सोमबार अदालतमा उपस्थित भई बुझाएका छन् । अदालतबाट छुट पुर्जी लिएका उनी भोलि थुनामुक्त हुनसक्ने केन्द्रीय कारागारले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।