काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामीले ह्याट्रीक गरेका छन् । नेपाल प्रो क्लब च्याम्पियनपसिप क्रिकेटमा पर्सा–११ विरुद्धको खेलमा सोमपालले ह्याट्रीक गरेका हुन् ।
खेलको अन्तिम ओभर चल्दा सोमपालले पहिलो बलमा १ रन दिए । त्यसपछि दोस्रो बलमा रुपेश सिंहलाई बोल्ड पारे तेस्रो बल वाइटसँगै चौका जाँदा ५ रन अतिरिक्त दिए चौथो बलमा साइफुल्लाह अन्सारीलाई बोल्ड र पाँचौ बलमा रन्जित कुमारलाई एल.बी.डब्लयु आउट गरी ह्याट्रीक विकेट लिएका हुन् ।
पहिलो सेमिफाइनल खेलमा शुक्रबार टस जितेर फिल्डीङ गरेको नेपाल आर्मी क्लबले १९.४ ओभरमा अल आउट पार्दै सय रनको लक्ष्य पाएको छ । जसमा सोमपालले ४, कुशल मल्लले ३, साहव आलम २ र विवेककुमार यादवले १ विकेट लिए ।
पर्सा–११ का लागि सम्सद मनसुरी १७, अनिल साह र रुपेश सिंह समान १५ र पवन सराफले ११ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।