काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सोही मूल्य कायम थियो ।
यस्तैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम छ ।