डिजेल र पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १-१ रुपैयाँ मूल्य घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल-मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

निगमले हाल स्वचालित मूल्य समायोजन प्रणाली लागू गरेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाउँदा नेपालमा पनि स्वतः मूल्य घट्ने गरेको छ ।

सोमबार भारतीय आयल निगमले मूल्य घटाएपछि नेपालले पनि मूल्य समायोजन गरेको हो । भारतीय निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल-मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँ घटाएको थियो ।