सुनको मूल्य स्थिर, चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ ।

सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।