अध्यागमन अधिकृतसँग विवाद गर्ने ३ जना प्रहरीको रानीपोखरीमा सरुवा

काठमाडौ‌। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ । उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले बताए ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् । माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानसँग विवाद हुँदा प्रहरीहरूले उनलाई कुटपिट गरेका हुन् ।

प्रहरी अधिकृतहरू छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।