प्रधानमन्त्रीलाई गणेश पराजुलीको प्रश्नः कुर्सी हल्लिने डरले मुद्दा फितलो बनाएको हो?

काठमाडौं । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दुई खण्डमा बाँडेर बुँदागत रुपमा प्रश्नहरु उठान गरेका छन् ।
रास्वपा सांसद पराजुलीले साधेका पहिलो खण्डका प्रश्नहरु

१, ‘‘भाषणमा सुशासन र विधिको शासन अनि व्यवहारमा दलाल र माफियाको ब्याट्रीबाट चलेको सरकारको घडीले देशमा ठिक समय कहिले ल्याउँछ ?सरकारको बुझाइमा सुशासन र विधिको शासन भनेको के हो आम जनतालाई स्पष्ट र सरल भाषामा बुझाइयोस् ।’’

२, ‘‘राष्ट्रको साखलाई ध्वस्त पार्ने गरी आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्न पछि नहट्ने दलालहरुको छानविन कता पुग्यो? गैरजिम्मेवार मन्त्रीहरू समेत जोडिएको मुद्दाको छानविन माछा माछा भ्यागुतो हुँदैछ वा के छ?’’

३, ‘‘बदनाम ६० केजी सुनकाण्ड पक्कै पहिलो थिएन तर अन्तिम पनि हुन सकेन। त्यस यता सुन तस्करी रोक्न सुरक्षा प्रणालीमा के परिवर्तन गर्नुभयोरु सुरक्षा प्रणाली बलियो छ, अब यदि कतै बाट सुन तस्कर भयो भने राजीनामा दिन तयार छु भन्न सक्नुहुन्छ ?’’

४, ‘‘सुनकण्डमा सिआइबिको अनुसन्धानलाई लत्याइएको छ या पत्याइएको छरु यसका दोषीहरु दण्डित हुँदैछन् भनेर विश्वस्त हुने आधार के छ ?’’

५, ‘‘ललिता निवासको १४३ रोपनीभन्दा बढी जमिन हडप्ने तस्करहरुको विरुद्धको कारबाही प्रक्रिया कहाँ पुग्योरु के सबै भू माफियाहरु कारबाहीको भागीदार बन्दैछन्रु के हडपिएको सरकारी जग्गा सरकारको नाममा आयो ?’’

रास्वपा सांसद पराजुलीले सबै प्रकरणमा आफ्ना र स्थापित भनिएका नेताको नाम जोडिन थालेपछि मुद्दाहरु फितलो भएको टिप्पणी गरेका छन् । कुर्सी हल्लिन्छ भन्ने डरले हो या आफू पनि रहिन्न भन्ने डरले गाँजेको हो । छातीमा हात राखेर जवाफ दिन प्रधानमन्त्रीलाइ आग्रह गरेका हुन् ।

त्यस्तै दोस्रो खण्डमा

१, ‘‘केही समय अघि अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्दको नाटक मञ्चन भएकोमा हाल सत्तापक्षकै नेता कार्यकर्ताको अकाउन्ट अपडेटेड पाइन्छ। त्यो नैतिक प्रश्नको जवाफको अपेक्षा गर्दिन् । तर सरकारले टिकटक बन्द हुनु अघि र बन्द पछि अपराध र विकृति न्यूनीकरण भएको प्रतिवेदन कहिले सार्वजनिक गर्दैछ ? टिकटक बन्दपछि कति व्यवसायी पलायन भए र कति बेरोजगार भए भन्ने प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन ?’’

२, ‘‘वर्षेनी अरबौंको काठ आयात गर्ने सरकारलाई हेक्का छ कि छैन नेपालको करिब ४४५ भूभागमा फैलिएको वन क्षेत्रमा वर्षेनी खरबौंको काठ कुएर खेर जान्छ । आफ्नै नीति कार्यक्रमको प्रतिबद्धता अनुसार कुहिएर खेर जाने काठको सही उपयोग गर्न सरकारलाई केले रोकेको छ ?’’

३, ‘‘डिजिटल नेपालको सपना बाड्ने सरकार नेपालीले बनाएका सफ्टवेयरहरू उपयोग गर्ने नीति किन बनाउँदैनरु गुणस्तर वा विश्वासनीयताको प्रश्न हो भने तिनै नेपालीले विदेशमा दर्ता गरेको कम्पनीबाट उपलब्ध सफ्टवेर खरिद गर्न किन लाज लाग्दैन् ?’’

४, ‘‘सरकारको आफ्नो निकायले आइटीको रिसर्च र राज्यलाई चाहिने सफ्टवेयर डेभलप गर्न गरेका प्रयासको अवस्था के छ ? नेपाली आइटी उध्योगलाई प्रवर्धन गरी आइटी क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी सृजना गर्न सरकारको ध्यान किन जाँदैन ?’’

रास्वपा सांसद पराजुलीले सोधका प्रश्नहरुको प्रतिउत्तरमा प्रधानमन्त्री प्रचण्डले
नक्कली भुटानी शरणार्थी काण्ड, टिकटक प्रतिबन्ध, नेपालमा सफ्टवेयर डेभलप, नेपाली आइटी उध्योगलाई प्रवर्धन, सुन काण्ड लगाएतका विषयमा जवाफ दिएका छन् । कुर्सी हल्लिन्छ भन्ने डरले हो या आफू पनि रहिन्न भन्ने डरले गाँजेको हो ? उक्त प्रश्नको प्रतिउत्तरमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘‘मलाई कुर्सी हल्लिने डर छैन । ’’